Skip to main content

बदलियो कांग्रेस
बदल्छौ देश

प्रतिनिधि सभा उम्मेदवार सर्लाही – ४

सभापति • नेपाली कांग्रेस

बदलियो कांग्रेस
बदल्छौ देश

प्रतिनिधि सभा उम्मेदवार सर्लाही – ४

सभापति • नेपाली कांग्रेस

दलभित्र सुधार, देशका लागि आधार

मधेशको विश्वास, विकासको सुरुवात

स्वीकारको साहस, निर्णयमा विश्वास

ज्ञान, अनुभव र संयमता, स्थिर नेतृत्वको क्षमता

दलभित्र सुधार, देशका लागि आधार

मधेशको विश्वास, विकासको सुरुवात

स्वीकारको साहस, निर्णयमा विश्वास

ज्ञान, अनुभव र संयमता, स्थिर नेतृत्वको क्षमता

गगन थापालाई नेपाली राजनीतिमा स्पष्ट एजेन्डा
र परिणाममुखी कार्यशैली भएका भरोसायोग्य
नेताका रूपमा चिनिन्छ।

गगन थापा नेपाली राजनीतिमा नीतिगत स्पष्टता र संरचनात्मक परिवर्तनका प्रखर संवाहक हुन्। सडकको आन्दोलनदेखि सदनको नीति निर्माणसम्म, उनको उपस्थिति सधैं ‘एजेन्डा र डेलिभरी’ मा केन्द्रित रहेको छ।

स्वास्थ्य मन्त्रीका रूपमा स्वास्थ्य बीमाको जग बसाल्ने र सरकारी अस्पतालमा आफ्नै फार्मेसी सेवा अनिवार्य गर्ने निर्णयदेखि, सांसदका रूपमा ‘बस्न योग्य काठमाडौं’ (Livable Kathmandu) को बृहत्तर योजनासम्म, गगन थापाले सधैं सम्भाव्यताको राजनीति गरेका छन्।

संसदभित्र भ्रष्टाचार नियन्त्रण, पारदर्शी सार्वजनिक खर्च र नागरिक जवाफदेहिताका लागि निरन्तर निगरानी गर्ने उनको भूमिकाले सुशासनको नयाँ मानक स्थापित गरेको छ। सार्वजनिक यातायातमा सुधार, फोहोर व्यवस्थापन, वातावरण संरक्षण,  र विद्युतीय सवारी (EV) प्रवर्द्धन जस्ता भविष्य-केन्द्रित मुद्दाहरूमा उनको गरेका नीतिगत हस्तक्षेपले ‘भोलिको नेपाल’ को स्पष्ट खाका कोरेको छ।

प्रतिज्ञापत्र

प्रतिज्ञापत्र — २०८२

नेपाली कांग्रेसको आधिकारिक प्रतिज्ञापत्र

सुशासन र समुन्नतिको भिजन

नेपाली कांग्रेसको सुशासन र समुन्नतिको भिजन

01

सम्मानित भएर बाँच्न पाउने नेपाल

  • हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित
  • कानुन बमोजिम इच्छा अनुसार पेशा-व्यवसाय र जीवनयापन
  • देश तथा विदेशमा कुनै अपमान वा भेदभाव नहुने
  • शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त
02

सपना देख्न सक्ने नेपाल

  • प्रगति र उन्नतिको सपना देख्ने देश
  • शासन र विकासका सक्रिय साझेदार युवा शक्ति
  • स्वदेशमै मर्यादित र आकर्षक अवसर
  • विदेशमा बसेका नेपालीको ज्ञान, सीप मातृभूमिमा जोडिने
03

सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल

  • लगानी गर्न, उत्पादनमा जोड दिने सबैलाई राज्यको साथ
  • साना-ठूला सबै व्यवसायीलाई हरतरहले प्रोत्साहन
  • आर्थिक रूपमा पछाडि परेकालाई सक्षम बनाउने
  • मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान
04

पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

  • किसान देशको प्रगतिका मुख्य सारथी
  • कृषि पेशा बाध्यता होइन, मर्यादित र आधुनिक रोजाइ
  • स्वास्थ्यकर खाद्यान्न, बजारमा सहज पहुँच र उचित मूल्य
  • कृषि प्रविधि, युवालाई भरोसा र भविष्य निर्माण
05

ओखती र ओत दिने नेपाल

  • रोग लाग्दा उपचार र अस्पतालको शुल्कको डरबाट मुक्त
  • उपचार नागरिकको नैतिक अधिकार, राज्यको कर्तव्य
  • सबै नेपालीले औषधि र अस्पताल सहज पहुँच पाउने
  • विकसित देशको स्तरको बीमा प्रणाली
06

छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

  • शिक्षालाई खर्च होइन, सबैभन्दा महत्वपूर्ण लगानी मान्ने
  • आर्थिक अभावका कारण कोही गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने
  • बालबालिकाको पूर्ण पोषण सुनिश्चित गरेर सिकाइ क्षमता वृद्धि
  • सबै प्रकारको हिंसा र शोषणबाट मुक्त विद्यालय
07

बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

  • आम नागरिकदेखि सतामा रहेकासम्म सबै कानुनको नजरमा समान
  • निमुखालाई ऐन, ठुलालाई चैन हुने अवसर समाप्त
  • सरकारी सेवा सबैका लागि समान रुपमा खुला
  • ज्ञान, ईमान र क्षमता भएका नागरिकलाई मात्र नियुक्त
08

मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

  • भाषा, कला, साहित्य, संस्कृति र सभ्यताको समान रूपमा सम्बर्द्धन
  • आधुनिकतासँग तालमेल राख्दै आफ्नै पहिचानमा गर्व
  • ज्ञान, अर्थतन्त्र र संस्कृति विश्वस्तरमा जोडिएको नेपाल
  • जातजाति, भाषा, धर्म, संस्कृति, कला र परम्पराको समृद्ध विविधता
09

विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

  • विश्व समुदायदमा शान्त र प्रतिष्ठित राष्ट्रको रूपमा स्थापित
  • समानता र सार्वभौमिक मूल्यमा आधारित परराष्ट्र नीति
  • सगरमाथा र बुद्धको देश मात्र होइन, जिम्मेवार सदस्य
  • नेपाली राहदानीलाई विश्वले सम्मान गर्ने
10

समुन्नतिमा लम्कने नेपाल

  • उत्कृष्ट, परिणाममुखी, विश्वस्तरको गति र गुणस्तर
  • कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातमा सबल विकास
  • हिमाल, नदी, वनजंगल भावी पुस्ताका लागि सुरक्षित
  • प्रविधि र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित

    बदल्यौ कांग्रेस बदल्छौ देश यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौ हामी। हाम्रो केवल एक ध्येय छ— देशको समुन्नति।

    जय नेपाल।
    गगन थापा
    सभापति • नेपाली कांग्रेस

    प्रेस वक्तव्य

    अभियानका पछिल्ला गतिविधि, विचार र औपचारिक सूचना

    उहाँको लोकप्रियता उहाँको तृणमूल स्तरको सक्रियता, लोकतान्त्रिक सिद्धान्तहरूप्रतिको अटल प्रतिबद्धता, र पारदर्शिता तथा युवा सहभागितालाई प्राथमिकता दिने सुधारहरूको आएको हो।

    चुनावी अभियान

    अभियानका प्रेरणादायी
    क्षणहरू